काजु र ज्वानो बोकेको ट्रक नियन्त्रणमा

काजु र ज्वानो बोकेको ट्रक नियन्त्रणमा

केन्द्रबिन्दु
24
Shares

काठमाडौँ । वीरगन्जबाट प्रहरीले दुई ट्रकलाई नियन्त्रणमा लिएको छ । भन्सार छली गरेर ल्याइएको झण्डै दुई करोड रुपैयाँ बराबरको सामानसहित ट्रकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार ना ५ ख २९१२ र ना ३ ख ७७२७ नम्बरको ट्रकबाट करिब १ करोड ८२ लाख ६ हजार ४३८ रुपैयाँ मूल्यको काजु, ज्वानो र इलेकट्रोनिक्स सामान बरामद गरिएको हो ।

भारतबाट राजश्व छलेर ल्याइएको ती सामान तस्करीको आशंकामा प्रहरीले दुवै ट्रक वीरगन्ज महानगरपालिका वडा नम्बर २५ ड्राइपोर्ट चोकबाट नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाएको छ ।

Skip This
Skip This
Logo