क्यान महासंघले ‘होरिअन बीटूबी समिट २०२४ इन एशाेसिएशन विथ बार कोड नेपाल’ आयोजना गर्दै

क्यान महासंघले ‘होरिअन बीटूबी समिट २०२४ इन एशाेसिएशन विथ बार कोड नेपाल’ आयोजना गर्दै

केन्द्रबिन्दु
18
Shares

कम्प्युटर एशाेसिएशन नेपाल महासंघ (क्यान महासंघ)को आयोजनामा यहि साउन ११ गते शुक्रबार ‘होरिअन बीटूबी समिट २०२४ इन एसोसिएसन विथ बार कोड नेपाल’ हुने भएको छ । राजधानीको एभरेस्ट होटलमा हुने दोस्रो संस्करणको उद्घाटन समारोह सञ्चार तथा सूचना प्रविधि माननीय मन्त्री पृथ्वी सुब्बा गुरुङबाट हुनेछ ।

बीटूबी समिट २०२४ को मुख्य विषयवस्तु “आईसीटी विकासका लागि नेटवर्किङ र सहकार्य” रहेको छ । यस बीटूबी समिटमा व्यापारको भविष्य बारे किनोट स्पिच, डिजिटल रूपान्तरण, दिगोपन र इमर्जिङ मार्केटबारे छलफल, आर्टिफिसियल इन्टेलिजेन्सको साथै नेपालका लागी विभिन्न कम्पनीका आधिकारिक डिलर र रि सेलरहरु बिच आफ्नो व्यापार प्रवर्धनको अवसर हुने क्यानले जनाएकाे छ ।

यसले आयातकर्ता र विक्रेताबीचको अन्तरलाई घटाउने काम गर्दछ । बिटुबी मार्फत देश भरिको डिलरहरु र व्यावसायीहरु लाई जोडिने काम हुन्छ । समिटमा व्यावसायीहरु, कर्पोरेट हाउस, प्रोफेसनलको अभुतपुर्व जमघट साथै नवीनतम प्रबिधिको प्रदर्शनी हुने क्यान महासंघका अध्यक्ष रणजीत पोदारले जानकारी दिए । यस संस्करणको सम्मेलनले नेपालको आईसीटी क्षेत्रका चुनौती र अवसरहरूलाई सम्बोधन गर्ने उनको भनाइ छ ।

कार्यक्रममा आईसीटी, बैंकिङ, विकास फिनटेक लगायत क्षेत्रका १०० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहने आयोजकको अपेक्षा छ । यस समिटले नेटवर्किङ, सहकार्य र आईसीटी उत्पादनहरू र सेवाहरू प्रदर्शन गर्न महत्त्वपूर्ण मञ्च प्रदान गर्ने महासंघका महासचिव चिरञ्जीवी अधिकारीले बताए । समिटमा क्यान महासंघका ७४ जिल्ला र प्रादेशिक शाखाका प्रतिनिधिहरूलाई अन्य व्यावसायिक संस्था र व्यक्तिहरूसँग परिचित हुने अवसर मिल्ने उनले जनाए ।

महासचिव अधिकारीका अनुसार आईसीटीमा आधारित व्यावसायिक फर्महरू र उद्यमशीलतामा लागेका नयाँ व्यवसायीहरूका लागि आफ्ना उत्पादन र सेवाहरू प्रवर्द्धन गर्ने, साझेदारी र सहकार्य सिर्जना गर्ने र नयाँ क्षेत्रहरू र बजारहरूमा आफ्नो व्यवसाय विस्तार गर्ने उत्कृष्ट अवसरका रूपमा समिट आयोजना हुनेछ ।

सन् १९९२ मा स्थापना भएको क्यान महासंघले नेपाल सरकारको आईसीटी योजना र नीति निर्माण तहमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । ३२ वर्षको इतिहासमा महासंघले नेपालका सबै जिल्लामा आफ्नो सञ्जाल विस्तार गरेको छ भने देशको संघीय प्रणालीअनुसार सातवटै प्रदेशमा प्रादेशिक समितिहरू पनि स्थापना गरिएको छ ।

Skip This
Skip This
Logo