काठमाडौं ।
नेपालका लागि फिनल्याण्डका राजदूत पेर्टी एन्टीनेन र अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीच भेट भएको छ । शुक्रवार भएको शिष्टाचार भेटमा राजदूत एन्टीनेनले फिनल्याण्डले नेपाललाई दिँदै आएको विकास सहायता वृद्धि गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
छलफलका क्रममा अर्थमन्त्री पौडेलले नेपाल र फिनल्याण्डबीच सदैव सुखद र असल सम्बन्ध भएको भन्दै नेपालको विकासमा फिनल्याण्ड सरकारले गर्दै आएको सहयोगको लागि धन्यवाद दिए।
यस्तै, अर्थमन्त्री र राजदूतबीच द्विपक्षीय सम्बन्ध, विकास सहायता परिचालन, पर्यटन प्रवर्द्धन, लगानी अभिवृद्धि तथा कोभिड १९ महामारीको नियन्त्रण लगायतका विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ।
भेटमा राजदूत एन्टीनेनले सन् २०२१ देखि २०२४ सम्म फिनल्याण्डले नेपालको लागि गर्ने विकास सहायता रणनीतिका बारेमा जानकारी गराएका थिए। नेपालसँग सहकार्य गर्दै सहायता अभिवृद्धि गर्दै जानेसमेत उनले बताएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।





























प्रतिक्रिया