काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा पन्च ईभी नेपालमा ल्याएको छ । नेपालमा उक्त गाडी हाल परीक्षणको लागि भित्र्याइएको हो ।
परीक्षण पश्चात् आगामी भाद्र ११ देखि शुरु हुने नाडा अटो शो २०२४ मा सो गाडी प्रदर्शन गरिने कम्पनीले बताएको छ । नाडा अटो शोमा पन्च ईभी एक प्रमुख आकर्षण बन्ने अनुमान गर्न सकिन्छ ।
आधुनिक फिचर समावेश भएको टाटा पन्च ईभीमा दुई वटा ब्याट्री अप्सन दिइएको छ । सो ईभी गाडीमा २५ र ३५ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ भने मोटर ६० किलोवाट र ९० किलोवाट क्षमताको दिइएको छ । यसले ३१५ र ४२१ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ । हाल भित्रिएको पन्च ईभीमा ३५ किलोवाट आवरको ब्याट्री छ । हाल नेपाली बजारमा टाटाकै नेक्सन ईभी र टियागो ईभी जस्ता इलेक्ट्रिक कारले बजार लिइरहेको समयमा पन्च ईभी अर्को आकर्षण बन्ने अनुमान धेरैको छ ।
पन्च ईभीमा १०.२५ इन्चको इन्फोटेनमेन्ट टच स्क्रिन र इन्स्ट्रयुमेन्ट क्लस्टर छ । टाटा मोटर्सले ईभीका लागि नयाँ प्लेटफर्म एक्टिभ (एक्टिडटईभी) समेत ल्याएको छ । पन्च ईभी पनि यही प्लेटफर्ममा आधारित रहेको छ ।
पन्च ईभीमा इलेक्ट्रोनिक पार्किङ ब्रेक, एयर प्युरिफायर, कर्नरिङ फग ल्याम्पस्, अटो–फोल्डिङ विङ मिरर्स, इलेक्ट्रिक सनरूफलगायत विशेषता छ। साथै पन्च ईभीमा वायरलेस फोन चार्जर र ३६० डिग्री क्यामेरा समेत उपलब्ध छ । सुरक्षाको लागि पन्च ईभीमा ६ एयरब्याग तथा इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम (ईएसपी) राखिएको छ ।





























प्रतिक्रिया