काठमाडौं । नेपाली अटो बजारमा पहिलो अफरोड ईभी जेको जे६ भित्रिएको छ । नेपालका लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले प्रदर्शन र परीक्षणका लागि उक्त ईभी गाडी ल्याएको हो ।
एसयूभीको लुक्स र ब्रान्ड दुवै नयाँ भएकाले यस गाडी नेपाल आएसँगै निकै चर्चा पाइरहेको छ । नेपाली बजारमा हालसम्म अफरोड ईभी नभएको समयमा जेको जे६ ले अफरोड ईभीको रूपमा आएको कम्पनीले बताएको छ ।
यस गाडीमा बक्सी बडी डिजाइन, प्रिमियम क्याविन फिचर र प्रशस्त स्टोरेज हुनुका साथै २०० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स रहेको छ । आधुनिक फिचरले सुसज्जित यो गाडी अफरोड र अनरोड दुवै सडकमा मज्जाले कुदाउन सकिन्छ ।
जे६ मा जेकोले ६९.८ किलोवाट आवरको सीएटीएल ब्याट्री प्याक तथा १३५ किलोवाट क्षमताको मोटर जडान गरेको छ । उक्त ब्याट्रीलाई एकपटक फुल चार्ज गर्दा ५०० किलोमिटर माथि रेन्ज दिने कम्पनीले जानकारी दिएको छ । जे६ मा आकर्षक इन्टेरियर, ठूलो टचस्क्रिन, पर्याप्त स्पेस, उच्च ग्राउन्ड क्लिरियन्स र टेस्लामा जस्तै डिजेआईको क्यामेरा जडित एडास फिचर दिइएको छ । जेको जे६ को मूल्य ६९ लाख ९९ हजार रुपैयाँ तोकिएको बताइएको छ ।































प्रतिक्रिया