राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल

राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा कार्यकारी निर्देशक रामु पौडेल आएका छन्। २०८१ साउन १४ गतेदेखि लागू हुनेगरी गभर्नर महाप्रसाद अधिकारीले प्रवक्ताको जिम्मेवारी पौडेललाई दिएका हुन्।

अर्थशास्त्रमा एमफिल र व्यवस्थापनमा स्नातकोत्तर पौडेल हाल बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रहेका छन्। यसअघि प्रवक्ता एवं भुक्तानी प्रणाली विभागका प्रमुख रहेका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट आर्थिक अनुसन्धान विभागमा सरुवा भएका छन्।

विभागका प्रमुख डा. प्रकाशकुमार श्रेष्ठ राष्ट्रिय योजना आयोग सदस्यमा नियुक्त भएसँगै भट्टलाई विभागको जिम्मेवारी सुम्पिएको हो।

Skip This
Skip This
Logo