यी हुन् विश्वका सबैभन्दा महँगा तीन लक्जरी कार, एउटैको मूल्य ३ अर्बमाथि

यी हुन् विश्वका सबैभन्दा महँगा तीन लक्जरी कार, एउटैको मूल्य ३ अर्बमाथि

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । विश्वमा कार प्रयोगकर्ताको संख्या बढ्दै गएको छ । कारलाई निजी सवारीको रूपमा खरिद गर्न सकिने र समयमा गन्तव्यमा पुर्याउने एउटा उपयुक्त माध्यम भएकाले यी गाडी प्रतिको क्रेज बढ्दै गएको हो । विश्वमा गरिबदेखि धनीसम्मका लागि उपयुक्त हुने प्रशस्त नयाँ मोडलका कारहरू उपलब्ध छन् । धनाढ्य मान्छेहरु त झन् नयाँ–नयाँ लक्जरी गाडी चढ्नका साैखिन हुन्छन् । उक्त विषयलाई मध्यनजर गर्दै कार उत्पादन गर्ने कम्पनीहरूले सोही अनुरूपका महँगा गाडी तयार गरिरहेका हुन्छन् । जसको चर्चा विश्व बजारमा बेला बेलामा भइराख्छ ।

महँगा गाडी तयार गर्ने कम्पनीहरु नाम विश्व बजारमा पनि निकै चर्चित छन् । महँगा गाडी बढाउने वर्षेनी ट्रेन्ड चलिरहन्छ । यद्यपि विश्वमा यस्ता गाडी छन् जुन गाडी खरिदमा सामान्य मान्छेको पहुँचको बाहिर छ । संसारमा केही कारहरू यति महँगो छन् । जसको धेरै कम व्यक्तिहरूले मात्र उक्त गाडीको नाम सुनेका हुन सक्छन् । संसारका केही महँगो कारहरू यति महँगो छन् कि तिनीहरूको मूल्य पत्याउन गाह्रो छ । महँगा मूल्यको सूचिमा धेरै गाडीको नाम आउँछ । उक्त गाडी मध्ये पनि तीन महँगा गाडीका मूल्य र विशेषता हेरौंः-

रोल्स–रॉयस बोट टेल

यो गाडी विश्वको सबै भन्दा महँगो कारको सूचिमा पर्छ । सुविधा सम्पन्न फिचर भएको यस गाडीको मूल्य बढी हुनुको कारण आकर्षक लुक्स पनि हो । यो कारको मूल्य २८ मिलियन अमेरिकी डलर छ । यस कारले सबैभन्दा विलासी र प्रिमियम भएको अनुभूति दिन्छ । यो कार बनाउन प्रसिद्ध १९३२ डुङ्गा र जे क्लास डुङ्गाका पार्टपुर्जा प्रयोग गरिएको छ । यो कारमा निकै शक्तिशाली ६.७५ लिटरको ट्वीन टर्बो भी१२ इन्जिन छ । जसले ५६३ एचपी पावर जेनेरेट गर्छ ।

बुगाटी ला वोइचर नोइरे

प्रिमियम लक्जरी र स्पोर्ट्स कार निर्माता बुगाटीले सन् २०१९ मा आफ्नो सबैभन्दा महँगो कार बुगाटी ला वोइचर नोइरे ः द ब्लयाक लन्च गरेको थियो । यो कार बनाउन हातले बनाएको कार्बन फाइबरको खोल प्रयोग गरिएको छ । यो निकै विलासी कारमा निकै शक्तिशाली ८.१० एल क्वाड टर्बो डब्लु १६ इन्जिन प्रयोग गरिएको छ ।

यो इन्जिनले १५०० एचपी पावर जेनेरेट गर्छ । यो कार यति छिटो छ कि यसले २.४ सेकेन्डमा ०–१०० किमी/घण्टाको गति लिन सक्छ । यो कारको टप स्पिड ४२० किमी/घण्टा छ । यो संसारको दोस्रो सबैभन्दा महँगो कार हो । यसको मूल्य १८.७ मिलियन अमेरिकी डलर रहेको छ ।

पगानी जोन्डा एचपी बर्चेट्टा

जोन्डा एचपी बर्चेट्टा पगानी अटोमोबाइल अटो हाउसबाट पहिलो कार थियो । यो कार धेरै वर्ष पहिले बनाइएका हो । उक्त कारको फ्रेम पूर्णतया कार्बन फाइबरले बनेको छ । यो विश्वको सबैभन्दा महँगो कारको सूचीमा तेस्रो स्थानमा आउँछ । यो कारमा २१ इन्च लामो विन्डशिल्ड मात्र उपलब्ध छ । यस कारमा जडान गरिएको इन्जिनले अधिकतम ३५५ किमी/घण्टाको गतिमा कार चलाउन सक्छ ।

यो कारले मात्र ३.४ सेकेन्डमा ०–१०० किमी/घण्टाको गति लिन सक्छ । तर, यो कार अहिले किन्न सकिँदैन किनभने यो कारको तीन युनिट मात्र उत्पादन भएको थियो । पछिल्लो पटक बिक्री हुँदा यसको मूल्य १७.६ मिलियन अमेरिकी डलर अर्थात् १४३.६८ करोड रुपैयाँ थियो । -एजेन्सीको सहयोगमा

Logo