डडेल्धुरा । डडेल्धुरा उद्योग वाणिज्य संघको अध्यक्षमा लोकराज भट्ट निर्वाचित भएका छन् । वाणिज्यसंघको ११ औं कार्यसमितिका लागि शनिवार सम्पन्न निर्वाचनबाट भट्ट अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनले प्रतिद्वन्द्वी भोजराज भट्टलाई ११ मतको झिनो मतान्तरले पछि पार्दै लोकराज विजयी भएका हुन् । लोकराज भट्टले ५ सय १० मत पाउँदा प्रतिद्वन्द्वी भोजराजले ४ सय ९९ मत प्राप्त गरे ।
डडेल्धुरा उद्योग वाणिज्य संघका साथै सुदूरपश्चिम उद्योग वाणिज्य संघको समेत नेतृत्व गरिसकेका भट्टलाई नेपाली कांग्रेस डडेल्धुराका नेताहरुले साझा उम्मेदवारका रुपमा अघि सारेका थिए ।
निवर्तमान अध्यक्ष खेमराज पनेरुसमेतको सहयोग र समर्थनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट अघि सारिएका अध्यक्ष पदका प्रत्यासी भोजराज भट्टले अपेक्षा भन्दा बढि मत पाएपनि नेतृत्व हासिल गर्न सकेनन् ।
उद्योगी व्यवसायीहरुमा कांग्रेसको वर्चश्व रहेपनि उद्योग वाणिज्य संघ डडेल्धुराकै इतिहासमा पहिलो पटक नेपाली कांग्रेस डडेल्धुराले अघि सारेका उम्मेदवारले नेतृत्व हासिल गरेको हो ।
अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेका उद्योग वाणिज्य संघ डडेल्धुराका पूर्वअध्यक्ष लोकराज भट्टले सुदूरपश्चिम उद्योग वाणिज्य संघको नेतृत्व समेत गरिसकेका छन्।





























प्रतिक्रिया