काठमाडौं । नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाई फेस्टिभ डिलाइट–२०८०’ का विजेता घोषणा गरेको छ । दशैं तथा तिहारको उपलक्ष्यमा ल्याएको उक्त अफरबाट विजेता छनोट गरी पुरस्कार हस्तान्तरण गरेको हो ।
सुनसरीका इन्द्र प्रसाद गुरागाईं, कुपन नम्बर ५३ लाई उक्त अफरका विजेता बनेका हुन् । विजेतालाई कम्पनीले हुन्डाईको एक्सटर गाडी उपहारस्वरुप पाएका छन् ।
उक्त अफरअन्तर्गत हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकले ६ लाख रुपैयाँसम्मको नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा तथा सडक कर तथा स्क्र्याच कार्डमार्फत थप एक लाखसम्मको नगद छुट र बम्परमा एक जना विजेताले हुन्डाई एक्सटर गाडी जित्ने मौका थियो । सो अफरको विजेता घोषणा हुन्डाई नेपालको फेसबुकबाट लक्की ड्रमार्फत गत असार ३१ गते गरिएको थियो ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकहरूको आवश्यकता र रुचिलाई ध्यानमा राखेर हरेक वर्ष यस्ता ग्राहकमुखी अफर ल्याउँदै आएको छ ।





























प्रतिक्रिया