काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले आव २०८०/८१ को नाफाबाट ५२.५३ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । सम्पन्न संचालक समितिले लाभांश पारित गर्न भदौ ११ गते रजिष्टर्ड कार्यालय, थापाथली, काठमाडौंमा बिहान ९ बजे साधारण सभा गर्ने निर्णय गरेको हो ।
उक्त वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०८०/०८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने तथा संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ५२.५३ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्र्नेे लगायतका प्रस्तावहरु परित गरिने छ ।
यस एनआईसी एशिया क्यापिटलले सातौं वार्षिक साधारण सभासम्म आउँदा १८७.४७ प्रतिशत नगद लाभांश वितरण गर्न सफल भइसकेको छ भने आठौं वार्षिक साधारण सभामा पारितको लागि प्रस्ताव गरेको ५२.५३ प्रतिशत नगद लाभांश सहित २४० प्रतिशत नगद लाभांश वितरण गर्न सफल भएको क्यापिटलको भनाइ छ ।
साथै क्यापिटलले आफ्नो सेवालाई सर्वसुलभ र प्रविधिको प्रयोग मार्फत ग्राहकहरु माँझ पुर्याउन “अव लाईनमा होइन, क्यापिटलको सेवा अनलाइनमा” भन्ने मुल नाराका साथ अगाडी बढेको यस क्यापिटलले आर्थिक वर्ष २०८०/०८१ को अन्त्य सम्ममा क्यापिटलबाट प्रदान गरिने अधिकांश सेवाहरु अनलाइन मार्फत लिन मिल्ने व्यवस्था मिलाएको बताएको छ ।































प्रतिक्रिया