एनआईसी एशियाको चमत्कारिक योजना

एनआईसी एशियाको चमत्कारिक योजना

केन्द्रबिन्दु
0
Shares

एनआईसी एशिया बैंकले २२औँ वर्षमा प्रवेश गरेको अवसरमा १५ वटा नयाँ बचत निक्षेप योजना ल्याएको छ । विभिन्न २२ वटा विशेषतासहित बैंकले नयाँ योजना ल्याएको हो ।

बैंकले चमत्कारिक बचत खाता, चमत्कारिक नारी बचत खाता, चमत्कारिक जेष्ठ नागरिक बचत खाता, चमत्कारिक बाबुनानी बचत खाता, चमत्कारिक बिद्यार्थी बचत खाता, चमत्कारिक स्वरोजगार बचत खाता र चमत्कारिक तलब बचत खाता ल्याएको हो ।

यी सबै योजनामा ग्राहकको १५ लाखसम्मको दुर्घटना बिमा र १५ लाख सम्मको १८ घातक रोगहरुको बिमा तथा १ लाख ५० हजार सम्मको औषधि उपचार बीमा सुविधा समेत प्राप्त हुने बैंकले जनाएको छ ।

बैंकले हाल २८१ शखा, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Logo