२५ वर्षे दीर्घकालिन रणनीति बनाउन राष्ट्रिय विकास परिषदको बैठक सुरु

२५ वर्षे दीर्घकालिन रणनीति बनाउन राष्ट्रिय विकास परिषदको बैठक सुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । राष्ट्रिय विकास परिषदको बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको होटल सोल्टीमा राष्ट्रिय विकास परिषद बैठकको उद्घाटन गरेका छन् । राष्ट्रिय योजना आयोगले तयार पारेको २५ वर्षे दीर्घकालिन सोचसहितको १५ औं योजनाको आधार पत्रको मस्यौदालाई अन्तिम रुप दिन दुई दिने राष्ट्रिय विकास परिषदको बैठक बोलाइएको हो ।

बैंठकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदार, उपप्रधानमन्त्री, मन्त्रीहरु, प्रदेश सरकारका मुख्यमन्त्रीहरु, संघीय संसद विषयगत समितिका सभापतिहरु, सांसदहरु, विज्ञहरुसहित ३ सय ५० जना भन्दा बढिको सहभागिता रहेको छ ।

मुलुकलाई समृद्ध बनाउने सूचकसहितको १५ औं योजनाको आधार पत्रलाई अन्तिम रुप दिन प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको राष्ट्रिय विकास परिषदको बैठक बोलाइएको राष्ट्रिय योजना आयोगका प्रवक्ता डा. किरण रुपाखेतीले जानकारी दिए । राष्ट्रिय विकास परिषद राष्ट्रिय योजनाहरुलाई अन्तिम रुप दिने सर्वोच्च निकाय हो ।

आयोगले ‘समृद्ध नेपालः सुःखी नेपाली’ बनाउने मुख्य लक्ष्यका साथ १५ औं योजनाको आधार पत्रको मस्यौदा तयार पारेको हो । मस्यौदालाई अन्तिम रुप दिन राष्ट्रिय विकास परिषदको बैठक बोलाइएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले जानकारी दिए ।

उनले परिषद बैठकले आवश्यक सुझाव दिएपछि दीर्घकालीन सोचसहितको १५ औं योजनाको आधार पत्र बैशाख पहिलो हप्ता भित्र सार्वजनिक गरिसक्ने बताए । आयोगले तयार पारेको १५ औं योजनाको आधार पत्रको मस्यौंदामा कृषि, उर्जा, खनिज र पर्यटन क्षेत्रको विकास गरेर मुलुकलाई समृद्ध बनाउने उल्लेख गरिएको छ ।

२५ वर्षे दीर्घकालीन सोचसहितको सो आधार पत्रको मस्यौदामा ५ वर्ष भित्र मुलुकमा समृद्धको सृजना गर्ने, १० वर्ष भित्र समृद्धिका लागि आवश्यक काममा तीव्रता दिने कार्यक्रम पनि समावेश गरिएको आयोगका प्रवक्ता डा. रुपाखेतीले जानकारी दिए ।

Skip This
Skip This
Logo