सिद्धार्थ बैंकका ग्राहकहरुलाई आगन्तुक रिसाेर्टमा १५ प्रतिशतसम्म छुट

सिद्धार्थ बैंकका ग्राहकहरुलाई आगन्तुक रिसाेर्टमा १५ प्रतिशतसम्म छुट

केन्द्रबिन्दु
81
Shares

सिद्धार्थ बैंक र आगन्तुक रिसाेर्ट प्रालि (काठमाडाैं धुलिखेल)बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले धुलिखेलस्थित आगन्तुक रिसर्टमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेजमा १५ प्रतिशतसम्मको र रुम ट्यारिफमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

Logo