ग्लोबल की टेक्नोलोजी प्रालिले नेपालमा नयाँ प्रविधि भित्र्याएको छ । ‘नेपाली एप्स हामी नेपालीहरुकै लागि’ भन्ने नाराका साथ ग्लोबल की टेक्नोलोजीले नेपालमा मोबाइल एप्स ‘रिचार्जर’ को सुरुवात गरेको हो । यो सेवा सुरु गरेको रिचार्जर थोरै समयमा नै लोकप्रिय हुने बाटोमा देखिन्छ ।
रिचार्जरको लोगोसहितको झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराएकै दिन अर्थात मे १८ मा रिचार्जरको नयाँ भर्सन सुरु भएको हो । नेपालमा ब्राण्डेड अनलाइन शपिंग हबमा बलियो पकड जमाउने लक्ष्यसहित ग्लोबल की टेकेनोलोजीले मोबाइल एप्स रिचार्जर सञ्चालनमा ल्याएको हो ।
यो एप्सबाट सामान खरिद गर्दा शतप्रतिशत क्यास व्याक पाउन सकिन्छ । त्यसको लागि एप्प्लको एप स्टोर तथा गुगल प्लेस्टोरबाट एप्स डाउनलोड गरी खाता खोल्नुपर्ने हुन्छ । यस रिचार्जर कम्पनीको अर्को आश्चर्यलाग्दो विशेषता भनेको ‘जतिको रिचार्ज त्यति नै क्यास ब्याक’ हो ।































प्रतिक्रिया