म्याद सकिएका सवारी लाइसेन्सको मंसिर मसान्तसम्म जरिवाना नलाग्ने

म्याद सकिएका सवारी लाइसेन्सको मंसिर मसान्तसम्म जरिवाना नलाग्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) रुट इजाजत नवीकरण, सवारीसाधन जाँचपास लगायतको जरिवाना मंसिर मसान्तसम्म नलाग्ने भएको छ ।

मन्त्रिपरिषदको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा केन्द्रको अधिकार क्षेत्रमा पर्ने सवारीसाधन जाँचपास र रुट इजाजत नवीकरण गर्दा लाग्ने जरिवाना मिनाहा गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा संचारमन्त्री पार्वत गुरुङले कोभिडको असरलाई मध्यजनर गर्दै छुट दिने प्रस्ताव स्वीकृत दिएको बताए ।

Skip This
Skip This
Logo