तपाईंको बजारको तेस्रो शोरुम बिजुलीबजारमा

तपाईंको बजारको तेस्रो शोरुम बिजुलीबजारमा

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । तपाईंको बजारले काठमाडौंको बिजुली बजारमा आफ्नो तेस्रो शोरुम सञ्चालनमा ल्याएको छ ।

आइतबार बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले तपाईंको बजारको तेस्रो शोरुमको उद्घाटन गरेका हुन् । एसएमएस सर्भिस ग्रुपले यसअघि काठमाडौंमा बसुन्धारा र चितवनमा शोरुम सञ्चालनमा ल्याइसकेको छ ।

तपाईंको बजारबाट बाइक वा स्कुटर किन्दा ३ प्रकारको फाइनान्सको सुविधा रहेको छ, जसमा तलबको आधारमा, व्यवसायको आधारमा र रेमिट्यान्सको आधार रहेका छन् । तपाईंको बजारबाट बाइक वा स्कुटर किन्दा ग्यारेन्टी बिना सवारी साधन फाइनान्स गर्ने पहिलो कम्पनी रहेको बजारका प्रबन्ध निर्देशक सुशील संग्रौलाको दाबी छ ।

Skip This
Skip This
Logo