काठमाडौं । बाइक चढ्ने इच्छा राख्नेहरूको लागि ‘तपाईंको बजार’ ले सहज फाइनान्ससँगै सवारी उपलब्ध गराउने व्यवस्था गरेको छ । एसएमएस सर्भिस ग्रुप अन्तर्गतको उक्त कम्पनीले ग्यारेन्टी बिनै जुनसुकै ब्रान्डका दुई पाङ्ग्रे सवारी निश्चित सर्तमा ग्राहकलाई दिँदै आएको हो ।
नयाँ बाइक तथा स्कुटर किन्दा ग्यारेन्टी पनि नचाहिने गरी कम्पनीले यस्तो सुविधा ल्याएको छ । रोजगार गर्ने तर, कम तलब बुझ्नेहरूलाई पनि सहज होस् भनी यो सेवा दिइरहेको तपाईंको बजारका प्रबन्ध निर्देशक सुशील संग्रौलाले जानकारी दिए ।
‘हामीले आज भन्दा तीन वर्ष अगाडिदेखि नै यो कार्यको सुरुवात गरेका हौं, दुई पाङ्ग्रे सवारी चढ्ने चाहाना भएका, रोजगार गरिरहेका तर पैसा नपुगी रहेकाहरूको बाइक चढ्ने उद्देश्य पूरा गर्न यो कम्पनीले मद्दत गर्नेछ,’ उनले भने । उक्त कम्पनीले तलब, व्यवसाय र रेमिट्यान्सको आधारमा पनि फाईनान्सिङको सुविधा दिइरहेको छ ।
मल्टिपल ब्रान्डको योजना बनाई ग्यारेन्टी बिना सवारी साधनमा फाइनान्स गर्ने तपाईंको बजार पहिलो रहेको संग्रौलाले जानकारी दिए । उनका अनुसार कम्पनीबाट यसरी दुई पाङ्ग्रे सवारी हजार भन्दा बढी ग्राहकले लागि सकेको छन् ।
नेपालमा उपलब्ध सबै ब्रान्डका बाइक र स्कुटरहरू कम्पनीसँग छ । उक्त ब्रान्डका जुनसुकै मोडलको सवारीको खरिद गर्दा कम्पनीले सहज फाइनान्समा सुविधामा बाइक दिने संग्रौलाले बताए । कम्पनीको हाल काठमाडौंको बिजुली बजार लगायतका तीन स्थानमा शाखा सञ्चालित छन् ।
संग्रौलाका अनुसार देशका मुख्य सहरमा नयाँ शाखा छिटै खोल्ने कम्पनीको योजना रहेको छ । कम्पनीले हाल दशैँ लक्षित गर्दै अफरको पनि घोषणा गरेको संग्रौलाले जानकारी दिए । यो अफर अन्तर्गत तपाईंको बजारबाट सवारी खरिद गर्दा ४० हजार रुपैयाँसम्म छुट पाइने बताइएको छ ।
के छ प्रक्रिया ?
तपाईंको बजारबाट दुई पाङ्ग्रे सवारी निकाल्ने तरिका सहज छ । बिना धितो बाइक दिँदै आएको उक्त कम्पनको केही आधार भने पूरा गर्नुपर्ने हुन्छ । कम्पनीले २० हजार माथि तलब हुनेलाई निश्चित समय राखेर इएमआई बेसमा सवारी दिन्छ ।
जसको लागि कम्पनीको केही नियमलाई चाहिँ पछ्याउनु पर्ने संग्रौलाले जानकारी दिए । व्यक्तिले तलब बुझेको बैंक स्टेटमेन्ट र स्थायी लेखा नम्बर लिई आम्दानीको कर बुझाए आधार मानेर कम्पनीले सवारी दिनेछ । तर, क्यास बुझेको छ भने त्यसलाई आधार बनाउन नसकिने संग्रौलाले बताए ।
उनका अनुसार बैंकमा तलब निरन्तर ६ महिना आएको स्टेटमेन्ट हुनुपर्ने छ । ‘हामीले तलबलाई आधार बनाएर मासिक किस्ता बुझाउने सम्झौता गरी बाइक दिने हो, उक्त सर्तमा धेरै विषयहरू समेटिएको हुन्छ, अहिले किस्तामा बाइक कम्पनी आफैले सवारी दिन्छ, तर त्यो प्रक्रिया झन्झट हुनुका साथै धितो पनि लिन्छ, जसको विकल्पमा यो प्ल्याटफर्म हो,’ उनले भने ।
कम्पनीले सवारी लिनको लागि नागरिकता भने अनिवार्य गरेको छ । बाइक लिएपछि १८ महिनाभित्रमा किस्ता पूरा गरिसक्नु पर्ने कम्पनीले बताएको छ । सवारी लादा निश्चित रकम पहिलै बुझाउनु पर्ने संग्रौलाको भनाइ छ । उनका अनुसार जति बढी तलब भयो उति कम्पनीको विश्वास बढ्ने छ । ‘धितो नलिने भएपछि बाइक लिएर हिँड्ने मनासय पनि हुनसक्छ, तर यसको लागि पनि कम्पनीले सोचेरै काम गरेको छ,’ उनले भने ।































प्रतिक्रिया