छिमेकी राष्ट्र भारतको चर्चित होम अप्लाएन्स ब्रान्ड क्रम्पटन आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले यस दशैं, तिहार र छठको रमाइलो पर्वको अवसरमा आफ्ना ग्राहकहरूलाई उत्कृष्ट उपहार र आकर्षक छुटका साथ विशेष योजना प्रस्तुत गरेको छ।
‘आशीर्वाद ग्रहण, थाइल्यान्ड भ्रमण’योजनाअन्तर्गत ग्राहकहरूले क्रम्पटनका उत्पादनहरू खरीद गर्दा थाइल्यान्डको अद्भुत भ्रमण जित्ने मौका प्राप्त गर्नेछन्। क्रम्पटन, जसले आफ्नो ८० वर्षको विश्वास र अनुभवबाट ग्राहकहरूको मन जितेको छ । यस अफरमा सहभागी हुने सबैलाई विभिन्न आकर्षक पुरस्कारहरू पाउने अवसर प्रदान गर्ने कम्पनीले जनाएकाे छ ।
मुख्य अफरहरू:
- बम्पर लक्की ड्र: भाग्यशाली जोडीलाई थाइल्यान्ड भ्रमण जित्ने मौका। यस बम्पर लक्की ड्रले ग्राहकलाई थाइल्यान्डको रोमाञ्चक अनुभव दिनेछ, जहाँ उनीहरूले विभिन्न सांस्कृतिक सम्पदा र रमणीय स्थलहरूको भ्रमण गर्न सक्नेछन्।
- साप्ताहिक लक्की ड्र: प्रत्येक हप्ताको साप्ताहिक लक्की ड्रमा विजेताले रु. ८,५९० बराबरको एयर फ्रायर जित्न सक्नेछन्। यसले तपाईँको किचनलाई थप आधुनिक र सजिलो बनाउनेछ।
- १५ दिनको लक्की ड्र: हरेक १५ दिनमा भाग्यशाली विजेताले रु. १०,७९० बराबरको इलेक्ट्रिक प्रेसर कुकर जित्ने मौका पाउनेछन्, जसले खाना पकाउनको लागि थप सहजता र समयको बचत गर्नेछ।
क्रम्पटन ब्रान्डका पङ्खा, कूलर, हिटर, गिजर, मिक्सर ग्राइन्डर, प्रेसर कुकर, र अन्य धेरै घरेलु उपकरणहरू अफरमा समावेश गरेको छ। यी सबै उत्पादनहरू गुणस्तरीय, ऊर्जा बचत गर्ने, र दीर्घकालसम्म टिकाउ हुने भएकोले ग्राहकहरूका लागि ठूलो राहत र बचतको स्रोत बन्नेछन् भन्ने कम्पनीको विश्वास रहेको छ।































प्रतिक्रिया