बेकोको दशैं-तिहार अफरमा ४१ हजार ४०० रुपैयाँसम्म छुट पाइने

बेकोको दशैं-तिहार अफरमा ४१ हजार ४०० रुपैयाँसम्म छुट पाइने

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । घरायसी उपकरण ब्राण्ड बेकोले दशैं तिहारमा ‘ब्रिङ होम ह्याप्पिनेस’ योजना सार्वजनिक गरेको छ ।

यस योजनाअन्तर्गत बेकोको घरायसी सामान खरिद गर्दा ४१ हजार ४०० रुपैयाँसम्मको आकर्षक छुटको साथै हात खाली नजाने उपहारहरु ल्याएको छ । वाशिंग मेसिनको खरिदमा ६ केजी डिटरजेंट, डिसवासरको खरिदमा फोरचुन टयावलेट, साइड बाइ साइड रेफ्रीजेरेटर र सिंगल डोर रेफ्रीजेरेटरको खरिदमा आकर्षक छुट, डबल डोर रेफ्रीजेरेटरको खरिदमा भ्याकुम फ्लास्क, फ्री स्टनडिंग ओवेनको खरिद मा प्रेसर कुकर र एसिको खरिदमा निःशुल्क जडान को सुबिधा ल्याएको कम्पनीले जनाएकाे छ ।

बेको युरोपको नं. १ ब्राण्ड हाे । नेपालमा चौधरी ग्रुपले बिगत केही वर्षदेखि नेपालको लागि अधिकारिक बिक्री तथा वितरण गरिरहेको बेकोको घरायसी समानहरुमा १०० प्रतिशत पार्ट्स उपलब्ध गराउनुको साथै सर्भिस् ग्यारेन्टी पनि निश्चित गरेको छ ।

Logo