सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलाको १ लाख ५६ हजार ३ सय रुपैयाँमा कारोबार हुँदै

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलाको १ लाख ५६ हजार ३ सय रुपैयाँमा कारोबार हुँदै

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको १ लाख ५६ हजार ३ सय रुपैयाँमा कारोबार हुँदै अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड बनाएको छ । बिहीबारको तुलनामा आज सुन २ हजार ९ सय रुपैयाँले बढेको हो ।

यसअघि गत बुधबार एक लाख ५३ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । त्यसदिन हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी तोलामा ६५ रूपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ६० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Logo