जी मोटर्स नै स्काइवेलको आधिकारिक वितरक भएको दाबी, कम्पनीले बुझायो सबै कागजात

जी मोटर्स नै स्काइवेलको आधिकारिक वितरक भएको दाबी, कम्पनीले बुझायो सबै कागजात

केन्द्रबिन्दु
84
Shares

काठमाडौँ । नेपालका लागि स्काइवेल ब्रान्डको आधिकारिक वितरक जी मोटर्स नै भएको दाबी गरिएको छ । जी मोटर्सले यस सम्बन्धी सबै कागजात सरकारी निकायमा बुझाएको दाबी गरेको छ ।

केही दिन पहिले भन्सार प्रयोजनका लागि मूल्यसूची तथा आधिकारिक आयातकर्ता भनी प्रकाशित सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जी मोटर्सले जनाएको छ ।

हाल जी मोटर्सले राधेराधे भक्तपुर, नक्साल काठमाडौँ र इटहरी सुनसरी गरी तीन स्थानबाट बिक्री सेवा गरिरहेको छ भने सर्भिस र पार्ट्सको सेवा भक्तपुरबाट प्रदान गरिरहेको छ । २०८१ नाडा अटो शो बाट ५२० किमी र ४१० किमीका स्काइवेलका ‘बीई ११’ मोडलको पनि बिक्री–वितरण गर्न लागेको बताएको छ ।

‘हालसम्म आधिकारिक स्काइवेलका उत्पादक कम्पनी एवम् एक्सपोर्ट डिभिजन हेर्ने प्रतिनिधिले नेपालमा जी मोटर्सबाहेक अरू कोही पनि आधिकारिक बिक्रेता छैन भन्ने लिखित जानकारी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र भन्सार विभागमा समेत गराइसकेको अवस्थामा बजारमा आम ग्राहकलाई भ्रम फैलाउने, हाम्रो यस प्रालिको ख्यातीलाई असर पुर्‍याउने प्रयास गर्नु आफैँमा गैरकानुनी त छ नै, साथै हामीले बिक्री–वितरण गरिरहेका वस्तुको मूल्यसूचीको बारेमा भ्रम सिर्जना गरेकोले आवश्यक कानुनी उपचारमा प्रालि जानेछ ।’ जी मोटर्सद्वारा प्रेसित विज्ञप्तिमा भनिएको छ ।

जी मोटर्स प्रालिका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालद्वारा हस्ताक्षरित विज्ञप्तिमा लगानी गरेका सबै व्यवसायीलाई उनीहरूको व्यावसायिक वातावरणमा खलल पुग्न नदिने नीतिनियम कार्यान्वयन गराउन समेत सबैलाई अनुरोध गरिएको छ ।

Logo