ह्वावे डिजिटल पावरद्धारा नेपाल पूर्वाधार सम्मेलन २०२४ मा भविष्यलाई परिभाषित गर्ने हरित ऊर्जा प्रविधि प्रस्तुत

ह्वावे डिजिटल पावरद्धारा नेपाल पूर्वाधार सम्मेलन २०२४ मा भविष्यलाई परिभाषित गर्ने हरित ऊर्जा प्रविधि प्रस्तुत

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । ह्वावे डिजिटल पावरले नेपाल पूर्वाधार सम्मेलन २०२४ मा सफलतापूर्वक सहभागिता जनाएको छ । कन्फेडेरेसन अफ नेपाली इन्डस्ट्रिज सिएनआइले भाद्र २७ र २८ गते मा काठमाडौं नेपालमा सम्मेलनको आयोजना गरेको हो ।

दुई दिने कार्यक्रममा, विश्वभरका नीति निर्माता, उद्योगी ब्यवसायी र वैज्ञानिक आविस्कारकहरू भेला भएर नेपालको पूर्वाधार विकासको बारेमा भएको छलफल भएका थियो । सम्मेलनको प्रमुख ध्यान हरित ऊर्जा, दिगोपन, र डिजिटल रूपान्तरणमा केन्द्रित गरिएको थियो । यस वर्षको सम्मेलन नेपालको पूर्वाधारको भविष्यलाई आकार दिनमा स्वच्छ ऊर्जा र डिजिटलाइजेशनको महत्वपूर्ण भूमिका रहने तर्फ केन्द्रित रह्यो ।

भाद्र २७ को ऊर्जा र जलस्रोत प्यानल छलफलमा, ह्वावे एपीएसी डिजिटल पावर स्मार्ट पिभि एण्ड इएसएसका अध्यक्ष, चेन योंगले “स्मार्ट र दिगो संसारको लागि ऊर्जा डिजिटलाइजेशन” शीर्षकमा अध्ययन प्रस्तुत गरे । उनले ह्वावेको वैश्विक ऊर्जा रुपान्तरणमा भूमिका, डिजिटल समाधानलाई पावर इलेक्ट्रोनिक्ससँग एकीकृत गरेर स्वच्छ ऊर्जा उपलब्ध गराउने र हरित क्रान्तिमा योगदान पुर्याउने स्पष्ट पारे ।

चेन योंगले भने, “वैश्विक ऊर्जा परिदृश्य द्रुत गतिमा परिवर्तन भइरहेको छ जलवायु परिवर्तनको आवश्यकता र दिगो वृद्धि विश्वव्यापी आवश्यकता हो । ह्वावे कार्बन तटस्थता समर्थन गर्न प्रतिबद्ध छ । कम कार्बन उर्जा उत्पादन, इलेक्ट्रिक ऊर्जा खपत, र डिजिटलाइजेशनलाई एकीकृत गरेर हरित रूपान्तरणलाई सशक्त पार्न ह्वावे अडिग छ । ५ औं औद्योगिक क्रान्ति आइआर, जसले कम कार्बन र बौद्धिक प्रविधिहरूसँग मेल खान्छ, जसले हामीलाई हरित संसारसँग ल्याउँछ ।”

चेनले ह्वावे स्मार्ट पिभि सोलुसन्सहरूको बारेमा प्रकाश पार्दै, कृत्रिम बुद्धिमत्ता र क्लाउड कम्प्युटिङको मद्दतले सौर्य पावर प्लान्टहरूको प्रदर्शनलाई अधिकतम ऊर्जा उत्पादन सुनिश्चित गर्ने र सञ्चालन लागतलाई घटाउने उल्लेख गरे। उनले ह्वावेका स्मार्ट ब्याट्री एनर्जी स्टोरेज सिस्टम बीइएसएसको बारेमा थप व्याख्या समेत गरे । यस प्रविधिले भण्डारण दक्षता सुधार्छ, हानिलाई कम गर्छ, र नवीकरणीय ऊर्जा स्रोतहरूसँग सहज रूपमा एकीकृत हुन्छ । उनल ह्वावेको लिक्विड कुल्ड अति तिव्र चार्जिङ प्रविधिको परिचय पनि दिए । जसले तिव्र र सुविधाजनक इभि चार्जिङ प्रदान गर्दछ, विद्युतीय वाहनहरूको प्रयोगलाई सहज बनाउन सहयोग गर्दछ ।

सम्मेलनको समापनसँगै, ह्वावे डिजिटल पावरले नेपाललाई उन्नत डिजिटल पावर समाधानहरूसँग सशक्त पार्नका निम्ति आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको छ। स्थानीय सरोकारवालहरूसँगको साझेदारी मार्फत, ह्वावे डिजिटल पावरले नेपालको हरित र डिजिटल रूपान्तरणको यात्रा सहयोगी पात्रका रुपमा रहेने लक्ष्य राखेको छ।

Logo