आर्थिक क्षेत्रमा पुनर्जागरण ल्याउने रणनीतिमा लुम्बिनी चेम्बर

आर्थिक क्षेत्रमा पुनर्जागरण ल्याउने रणनीतिमा लुम्बिनी चेम्बर

केन्द्रबिन्दु
6
Shares

तानसेन । आर्थिक क्षेत्रमा पुनर्जागरण ल्याउन सहयोग पुर्‍याउने रणनीतिक कार्ययोजना बनाउँदै नेपाल चेम्बर अफ कमर्स लुम्बिनीको कार्यशाला सम्पन्न भएको छ । सरकारसँगको सहकार्यमा निजी क्षेत्रलाई सबल र सक्षम बनाएर मात्र समृद्ध नेपालको परिकल्पना साकार पार्न सकिने निष्कर्ष निकाल्दै चेम्बर लुम्बिनीले आगामी ३ वर्षे कार्ययोजना तय गरेको छ ।

३ वर्षे रणनीतिअन्तर्गत चेम्बरले अन्तरराष्ट्रिय चेम्बरहरूसँग सम्बन्ध विस्तार गर्दै लुम्बिनीको समग्र औद्योगिक विकासका लागि नीतिगत पहल गर्न विभिन्न कार्ययोजना तय गरेको छ । त्यस्तै लुम्बिनी प्रदेशमा चेम्बरको संख्या एक सय पुर्‍याउने, साना तथा मध्यम व्यवसायीहरूलाई व्यवसाय प्रबर्द्धन र व्यवस्थापन सम्बन्धी तालिम दिने, प्रदेशका उत्पादनहरूको बजारीकरणका लागि प्लेटफर्म तयार गर्ने, परम्परागत मेला तथा तथा महोत्सवहरूलाई परिवर्तन गरेर बहुउपयोगी र आकर्षक बनाउने कार्ययोजना बनाएको छ ।

मुलुकमा उत्पादन भएका गुणस्तरीय वस्तुहरूको निर्यातका लागि अन्तरराष्ट्रिय चेम्बरहरूको सहकार्यमा व्यवसायस्हरूलाई सहयोग गर्ने, निर्यातका लागि सम्भावित थप वस्तुहरूको पहिचान गर्ने लगायतका योजना तय गरेको छ ।

Skip This
Skip This
Logo