नयाँ पुस्तासँग मिलेर काम गरे प्रणाली र काममा सुधार ल्याउन सकिन्छः मन्त्री काफ्ले

नयाँ पुस्तासँग मिलेर काम गरे प्रणाली र काममा सुधार ल्याउन सकिन्छः मन्त्री काफ्ले

केन्द्रबिन्दु
280
Shares

काठमाडौँ । बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले नयाँ पुस्तासँग मिलेर काम गरे प्रणाली र काममा सुधार ल्याउन सकिने बताएका छन् । नेपाल मोडेल युनाइटेड नेशनलले आयोजना गरेको कार्यक्रममा मन्त्री काफ्लेले अहिलेको पुस्ताले समृद्धि ल्याउने भन्दै नयाँ पुस्तालाई साथमा लिएर बागमती प्रदेशले काम गर्न चाहेको बताएका हुन् ।

समयअनुसार अहिलेको पुस्ता चल्न आवश्यक रहेको बताउँदै उनले भने, ‘नयाँ पुस्तासँग मिलेर काम गरे प्रणाली र काममा सुधार ल्याउन सकिन्छ । स्वतन्त्रताको मोडल छ, अरूको देखासिखी गरेर हुँदैन । स्थायित्व र दिगो विषय हेरेर काम गर्नुपर्छ ।’

नेपालको निर्माणमा युवाको भूमिका महत्त्वपूर्ण हुने भएकाले युवाले लाग्नुपर्ने उनको भनाइ छ । यस्तै उनले युवाको क्षमता पहिचान गरी अवसर सिर्जना गर्नुपर्ने धारणा राखेका छन् ।

Logo