काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिको वीरगन्जमा नयाँ शोरुम सञ्चालनमा आएको छ । टाटाको अधिकारिक डिलरका रूपमा प्राइम अटो ट्रेडर्सको नयाँ शोरुमको उद्घाटन गरिएको हो । सिप्रदी ट्रेडिङ प्रालिका तर्फबाट प्यासेन्जर भेइकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतीका साथै वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले रिबन काटेर शोरुम उद्घाटन गरेका हुन् । उद्घाटनसँगै वीरगन्जमा टाटा पन्च ईभीको डेलिभरी सुरु गरिएको छ ।
उक्त कार्यक्रममा गाडी बुक गरेका ग्राहकलाई गाडी हस्तान्तरण पनि गरिएको छ । पन्च ईभीको रिजनल लन्चअन्तर्गत वीरगन्ज लन्चको मौका पारेर नयाँ शोरुमको पनि उद्घाटन गरिएको प्राइम अटो ट्रेडर्सका निर्देशक सुबोध सापकोटाले जानकारी दिए । कार्यक्रममा पन्च ईभी बुक गरेका ग्राहकहरूलाई डेलिभरी दिन पाउँदा थप हर्षित भएको उनले बताए ।
टाटा पन्च ईभीको शुरुवाती मुल्य ३३ लाख ९९ हजारमा सार्वजनिक गरिएको हो । पन्च ईभीको ग्राउन्ड क्लियरेन्स १९० एमएम रहेको छ भने यो गाडी बीएनक्यापमा ५ स्टार सेफ्टी रेटिङ पाएको गाडी हो ।
कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम, उपाध्यक्ष माधव राजपाल र सिप्रदी ट्रेडिङ प्रालि वीरगन्ज शाखाका प्रमुख सन्दीप गुप्ता लगायतको उपस्थिति रहेको थियो ।





























प्रतिक्रिया