काठमाडौं । दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै नेपाली बजारमा सिएफमोटो र जिहो ब्रान्डको बाइक तथा स्कुटर किन्दा आकर्षक अफर सार्वजनिक भएको छ ।
दुवै ब्रान्डको आधिकारिक वितरक रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले आकर्षक छुट र थप सुविधा प्राप्त गर्ने अफर ल्याएको हो । सिएफमोटोका २५० एनके र ३०० एनके मोडलका बाइक किन्दा १८ हजार मूल्य बराबरको फ्रि एसेसरिज पाउन सकिने छ । हालै नेपाली बजारमा भित्रिएको ४५० एमटी बाइक किन्दा एलएस२ हेल्मेट पाउन सकिने कम्पनीले जनाएको छ ।
यसैगरी जिहो ब्रान्डको एई६ प्लस इलेक्ट्रिक स्कुटर किन्दा २५ हजार रुपैयाँ मूल्यको लगेज बक्स लिन वा सिधै २० हजार रुपैयाँ छुट प्राप्त गर्न सकिने छ । साथै एई४ मा १५ हजार र एई८ मा १० हजार रुपैयाँ नगद छुट पाउन सकिने छ ।
आगामी कात्तिक २५ गते सम्मसम्म विभिन्न मोडलका पुराना जुनसुकै बाइक वा स्कुटरसँग नयाँ सिएफमोटो वा जिहो ब्रान्डका बाइक वा स्कुटर साट्न समेत सकिने कम्पनीले जनाएको छ । यसका लागि सहज फाइनान्स तथा एक्सचेन्ज सुविधा समेत उपलब्ध छ ।





























प्रतिक्रिया