नेपाल एसबीआई बैंक र आगन्तुक रिसोटबीच सम्झौता, डेबिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्तालाई छूट

नेपाल एसबीआई बैंक र आगन्तुक रिसोटबीच सम्झौता, डेबिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्तालाई छूट

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । नेपाल एसबीआई बैंक लिमिटेड र आगन्तुक रिसोर्ट प्रालि, धुलिखेलबीच बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूलाई लक्षित गरी विशेष छूट सुविधा दिनेसम्बन्धमा सम्झौता भएको छ ।

सम्झौताअनुसार आवास सुविधामा १५ प्रतिशत र खाद्य तथा पेय पदार्थमा १० प्रतिशतसम्म छुट उपलब्ध हुने भएको हो ।

उक्त सम्झौतापत्र बैंकका प्रबन्ध सञ्चालक तथा प्रमूख कार्यकारी अधिकृत दीपककुमार देको उपस्थितिमा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तीय अधिकृत राजेशकूमार पंडा र आगन्तुक रिसोर्ट प्रालिका वरिष्ठ प्रबन्धक (बजार तथा बिक्री) सरस्वती गुरुङले हस्ताक्षर गरेका थिए ।

उक्त कार्यक्रममा बैंकका प्रमुख सञ्चालन अधिकृत यादवेंद्र कांत, सल्लाहकार छपिराज पन्त, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत रितेश अर्याल र बैंक तथा रिसोर्टका अन्य वरिष्ठ पदाधिकारीहरू समेतको उपस्थिति रहेको थियो । हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Logo