काठमाडौँ । साताको पहिलो कारोवार दिन आज नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आइतबार भने ६ सय रुपैयाँले घटेको हो ।
यसअघिको हप्ता सुन लगातार बढिरहेको थियो भने आज यस हप्ताको सुरुको दिनमा सुन घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँ पुगेको छ । शुक्रबार सुन प्रतितोला १ लाख ६१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला ६ सय रुपैयाँ कम हो। त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार प्रतितोला १९ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर १९ सय ४५ मूल्यमा किनबेच भइरहेको छ ।































प्रतिक्रिया