बाढी र पहिरोबाट प्रभावित क्षेत्रका ग्राहकहरूलाई एनसेलको निःशुल्क डेटा उपलब्ध

बाढी र पहिरोबाट प्रभावित क्षेत्रका ग्राहकहरूलाई एनसेलको निःशुल्क डेटा उपलब्ध

केन्द्रबिन्दु
108
Shares

काठमाडौँ । भारी वर्षाका कारण सिर्जना भएको कठीन परिस्थितिलाई ध्यानमा राख्दै एनसेलले बाढी र पहिरोबाट प्रभावित क्षेत्रका आफ्ना ग्राहकहरूलाई निःशुल्क डेटा उपलब्ध गराएको छ ।

यस पहलले ग्राहकलाई परिवार, आफन्तजन र साथीभाइसँग सम्पर्कमा रहन र महत्त्वपूर्ण जानकारी प्राप्त गर्न सहज भई सुरक्षित रहन सहयोग पुर्‍याउने बताइएको छ ।

निःशुल्क डेटा उपलब्ध गराउनुका साथै कम्पनीले हालको अवस्थाको मूल्यांकन गरिरहेको जनाएको छ । कम्पनीले क्षतिको विस्तृत जानकारी प्राप्त गरेपछि राहतका कार्यमा थप योगदान गर्ने बताइएको छ । नेपाली जनताको सुरक्षालाई सुनिश्चित गर्न र नेपाल सरकारको प्रयासमा सहयोग गर्न एनसेल विभिन्न विपद् व्यवस्थापनमा काम गर्ने निकायहरूसँग समन्वय र सहकार्य गरिरहेको कम्पनीको भनाइ छ ।

‘देशभर भारी वर्षाका कारण बाढी र पहिरोले गर्दा लाखौँ नेपालीहरूले सामना गर्न परेको यस कठिनाइ घडी र व्यापक क्षतिप्रति हामी चिन्तित छौँ । यस्तो विपद्को समयमा आफ्नो परिवार तथा आफन्तजनसँग सम्पर्कमा रहिरहन अरू सामान्य अवस्थामा भन्दा सञ्चार सेवाको आवश्यकता अझै झन बढी हुन्छ ।’ एनसेलले भनेको छ, ‘एक जिम्मेवार कर्पोरेट नागरिकको रूपमा एनसेल आफ्ना ग्राहकलाई उहाँहरूको परिवार, आफन्तजन, साथीभाइ र आवश्यक उद्धार तथा सहयोगका लागि सम्पर्कमा रहिरहन सञ्चार सेवा सुनिश्चित गर्न प्रतिबद्ध छ ।’

१ करोड ३० लाखभन्दा बढी ग्राहकलाई सञ्चार सेवा प्रदान गर्ने एनसेल एक दूरसञ्चार सेवा प्रदायक कम्पनी मात्र नभई नेपाल र नेपाली समुदायहरूको एक अभिन्न अंग हो । ‘विपद्को समयमा हामी एनसेल तपाईँको साथमा छौँ र आवश्यक सहयोग गर्न प्रतिबद्ध छौँ । एनसेल परिवार बाढी र पहिरोबाट प्रभावित सबैमा सहानुभूति व्यक्त गर्दछ । हामी राहत तथा प्रतिकार्यका लागि आवश्यक सहयोग गर्न प्रतिबद्ध छौँ । हामी तपाईँकै लागि ।’ उसले भनेको छ ।

Logo