‘स्ट्रिङ अपरेसन’शैलीमा बजार अनुगमन, एभरेष्ट होटललाई तीन लाख जरिवाना

‘स्ट्रिङ अपरेसन’शैलीमा बजार अनुगमन, एभरेष्ट होटललाई तीन लाख जरिवाना

केन्द्रबिन्दु
112
Shares

काठमाडौँ । चाडपर्वको मुखमा हुने कालोबजारी नियन्त्रणका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सक्रियता बढाएको छ ।

चाडपर्व र प्राकृतिक विपत्तिकै समयमा कालोबजारी मौलाएको गुनासो आएको भन्दै विभागले दैनिक अनुगमन टोलीको संख्या बढाएको हो ।

सोमबार मात्र १९ फर्म तथा उद्योगमा अनुगमना गरिएको विभागले जनाएको छ । सोमबार भक्तपुरको इबामुरा मेमोरियल अस्पताललाई २० हजार रुपैयाँ जरिवाना गराइएको छ । काठमाडौँको एभरेष्ट होटललाई तीन लाख रुपैयाँ र इमिरो प्लाजालाई तीन लाख रुपैयाँ जरिवाना गराइएको विभागले जनाएको छ ।

विभागले ‘स्ट्रिङ अपरेसन’ सरह ११ ओटा टोली काठमाडौँ उपत्यकामा अनुगमन तथा निरीक्षणका लागि परिचालन गरेको जनाएको छ । विभागका महानिर्देशक राजन पौडेलका अनुसार चाडपर्वसँगै विपत्ति समेत आएकाले यही समयमा कालोबजारी फस्टाइरहेको गुनासाहरू आएपछि टोली परिचालन गरिएको हो ।

कालोबजारी वा कम गुणस्तरको सामग्री बिक्रीवितरण गरिएको पाइए निरीक्षणकै स्थानबाट तीन लाखसम्म जरिवाना गर्ने गरी ११ ओटा टोली परिचालन गरिएको महानिर्देशक पौडेलले बताए । टोलीको नेतृत्व भने निरीक्षण अधिकृतले गरिरहेको उनले बताए ।

यस्तै कालोबजारी तथा म्याद गुज्रिएको सामग्रीहरूको समेत अनुगमन गर्नेगरी देशैभर सहायक सीडीयोको नेतृत्वमा बजार अनुमगन सुरु गरेको महानिर्देशक पौडेलको भनाइ छ । सससँगै स्थानीय पालिकाहरूसँग समन्वय गरेर बजार अनुगमनलाई तीव्रता दिएको विभागनले जनाएको छ ।

Logo