नेपाल एसबिआई बैंकद्धारा बिराटनगर महानगरलाई सहयोग रकम हस्तान्तरण

नेपाल एसबिआई बैंकद्धारा बिराटनगर महानगरलाई सहयोग रकम हस्तान्तरण

केन्द्रबिन्दु
140
Shares

काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत स्वच्छ तथा हरियाली वातावरण प्रवद्र्धन गर्ने उद्देश्यले बरगाछी–रानी डिभाइडर सौन्दर्यकरण समिति, विराटनगरलाई बरगाछी–रानी ६ लेन सडकमा वृक्षारोपण कार्यक्रमका लागि आर्थिक सहयोग गरेको छ ।

उक्त सहयोग रकम बैंकका कोशी प्रदेश प्रमुख रबिन घिमिरेले बिराटनगर महानगरका मेयर नागेश कोइरालालाई औपचारिक रुपमा हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा बैंक तथा महानगरपालिकाका अन्य पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।

बैंकले दिगो विकास तथा वातावरण संरक्षण गर्ने उदेश्यले यस्ता गतिविधिहरू समय समयमा सञ्चालन गर्दै आएको छ । हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Logo