नेपालमा प्रकोप प्रतिकार्यका लागि विश्व बैंकले १५० मिलियन डलर सहयोग गर्ने

नेपालमा प्रकोप प्रतिकार्यका लागि विश्व बैंकले १५० मिलियन डलर सहयोग गर्ने

केन्द्रबिन्दु
27
Shares

काठमाडौँ । विश्व बैंकले नेपालमा प्राकृतिक वा जलवायुजन्य खतरा तथा स्वास्थ्य आपत्कालको अवस्थामा प्रयोग गर्नेगरी १५० मिलियन डलर बराबरको सहयोग उपलब्ध गराउने भएको छ ।

नेपालमा पछिल्लो समय प्राकृतिक तथा मौसमी प्रतिकूलताले निम्त्याएको बितण्डामा राहत तथा आपतकालीन स्वास्थ्य क्षेत्रमा सहयोग गर्न भन्दै शर्तसहितको रकम दिनेगरी विश्व बैंकको कार्यकारी निर्देशकहरूको बोर्ड बैठकले यो सहयोग स्वीकृत गरेको हो ।

विश्व बैंकका क्षेत्रिय निर्देशक डेविड सिस्लेनले नेपालले प्राकृतिक तथा जलवायुजन्य खतराहरू र स्वास्थ्य आपतकालीन अवस्थाहरूको सामना गर्दै गएको बताएका छन् । यसले देशलाई गम्भीर आर्थिक जोखिममा पार्दै गएको उनको भनाइ छ ।

नेपालमा प्राकृतिक प्रकोपहरूको सामना गर्नका लागि विश्व बैंकले ‘क्याटास्ट्रोफी डिफर्ड ड्रडाउन अप्शन’ (क्याट डीडीओ) शुरू गरेको छ । जसले सरकारको पूर्व–जानकारी प्रणालीहरू सुधार गर्न र महत्त्वपूर्ण पूर्वाधारमा जोखिम न्यूनीकरण गर्नका लागि आवश्यक नीति नियमहरू निर्माणमा सहयोग गर्दछ । यसका साथै सार्वजनिक स्वास्थ्य आपतकालीन अवस्थामा पूर्वतयारीलाई पनि वृद्धि गर्छ ।

क्याट डीडीओद्वारा प्रदान गरिने सर्तगत वित्तपोषणले प्रकोप प्रतिकार्यका लागि नीतिनियम सुधारलाई समर्थन गर्दै प्रकोपको प्रभावलाई कम गर्ने उद्देश्यले संस्थागत संयन्त्रलाई सुदृढ बनाउनुका साथै प्रकोपपछि तात्कालिक तरलताको पहुँच प्रदान गर्छ । साथै यसले सरकारलाई प्रकोपको प्रतिकार्य र पुनःस्थापनाका लागि थप उपकरण उपलब्ध गराउँछ ।

Logo