पाँचथर पावरको आइपीओमा किन बढ्यो आकर्षण ? (अन्तरबार्तासहित)

पाँचथर पावरको आइपीओमा किन बढ्यो आकर्षण ? (अन्तरबार्तासहित)

केन्द्रबिन्दु
0
Shares

पछिल्लो समय हाइड्रो पावरको शेयरमा लगानीकर्ताको उत्साह खासै छैन । त्यसो त हालै आइपीओ जारी गरेको युनिभर्सल पावरको आइपीओमा पनि समयावधि भित्र पर्याप्त आबेदन नपरेपछि म्याद थप गरियो।

दोश्रो बजारमा पनि हाइड्रोको बजार खराब छ।  पाँचथर पावर कम्पनी लिमिटेडले सोमबारदेखि निष्काशन गरेको आईपिओमा भने अप्रत्यासित ढंगले आकर्षण बढेको पाइयो।

आबेदन खुलेको दोश्रो दिनसम्म १२ करोड बढीको आवेदन परेको छ । मंगलबार कार्यालय समय सम्ममा २९ हजार ७ सय २१ आवेदकबाट १२ लाख ९५ हजार ४ सय ४० कित्ताको लागि आवेदन परेको बिक्रि प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । यो सर्वसाधारणलाई निष्काशन गरिएको शेयरको ७९.५८ प्रतिशत हो ।

कम्पनीले आयोजना प्रभावितलाई शेयर निष्काशन गर्दा बिक्रि नभएको ७ लाख ८७ हजार ७ सय ५० कित्ता समेत जोडेर सर्वसाधारणको लागि १७ लाख ५० हजार २ सय ५० कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये कर्मचरीलाई ३५ हजार ५ कित्ता, र सामुहिक लगानी कोषलाई ८७ हजार ५ सय १२ कित्ता बाँडफांड गरिएको छ । बाँकि रहेको १६ लाख २७ हजार ७ सय ३३ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्  । कम्पनीले पांचथरमा १४.९ मेगावाटको हेवा खोला ए आयोजना निर्माण गरी ७३ साल माघ २२ गतेदेखि विद्युत उत्पादन र बिक्रि गरिरहेको छ ।

केन्द्रबिन्दुसंगको कुराकानीमा पाचथर पावरका प्रबन्ध संचालक पुष्प ज्योति ढुंगानाले कम्पनीको अबस्था राम्रो रहेकाले निर्धक्क भएर लगानी गर्न आग्रह गरेका थिए।  उनले आइपिओमा आवश्यक भन्दा बढी आवेदन पर्ने अपेक्षा समेत व्यक्त गरेका थिए।  हाइड्रो कम्पनी भन्दैमा लगानी गर्न हिच्किचाउनुपर्ने कुनै कारण नभएको बताउँदै निर्देशक ढुंगानाले कम्पनीले ४० प्रतिशतसम्म प्रतिफल दिने लक्ष्य राखेको बताएका थिए  ।

आइपीओ जारी गरेकै बर्षदेखि प्रतिफल दिने लक्ष्यका साथ बिजुली बिक्री पश्चात मात्रै आइपीओ जारी गरेको बताउँदै ढुंगानाले हाइड्रो कम्पनीहरुको बीचमा नमुना कम्पनीकोरुपमा स्थापित हुने अभ्यास भईरहेको समेत बताए ।

हेर्नुहोस भिडियो कुराकानी

Skip This
Skip This
Logo