पाँचथर पावर कम्पनी लिमिटेडले आज (सोमबार) देखि साधारण शेयर (आइपीओ) निष्काशन गरेको छ ।
कम्पनीले १७ लाख ५० हजार २ सय ५० कित्ता शेयर निष्काशन गरेको हो । आयोजना प्रभावितलाई शेयर निष्काशन गर्दा अवितरित ७ लाख ८७ हजार ७ सय ५० कित्ता समेत जोडेर सर्वसाधारणको लागि शेयर निष्काशन गरेको हो । निष्काशन गरिएको साधारण सेयरमध्ये कर्मचारीलाई ३५ हजार ५ कित्ता, र सामुहिक लगानी कोषलाई ८७ हजार ५ सय १२ कित्ता छुट्याईएको छ। बाँकि रहेको १६ लाख २७ हजार ७ सय ३३ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन ।
लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम ९ सय ६ सय २० कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपिओमा छिटोमा फागुन १६ गते र ढिलोमा चैत्र १२ गतेसम्म आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ। कम्पनीको आईपिओले ग्रेड ४ को रेटिंग पाएको छ। कम्पनीले पांचथरमा १४.९ मेगावाटको हेवा खोला ए आयोजना निर्माण गरी २०७३ साल माघ २२ देखि बिद्युत उत्पादन गरि बिक्रि गरिरहेको छ ।
कम्पनीले अर्काे बर्षदेखि नै लाभांस दिने तयारी गरेको छ । कम्पनीका प्रबन्ध संचालक पुष्प ज्योति ढुंगानाले पाँचथर पावर कम्पनीले बिजुली बिक्रि वितरण गरिरहेको हुँदा निर्धक्क भएर लगानी गर्न आग्रह गरेका छन् । हाइड्रो कम्पनी भन्दैमा लगानी गर्न हिच्किचाउनुपर्ने कुनै कारण नभएको बताउँदै निर्देशक ढुंगानाले कम्पनीले ४० प्रतिशतसम्म प्रतिफल दिने लक्ष्य राखेको जानकारी दिए ।
आइपीओ जारी गरेकै बर्षदेखि प्रतिफल दिने लक्ष्यका साथ बिजुली बिक्री पश्चात मात्रै आइपीओ जारी गरेको बताउँदै ढुंगानाले हाइड्रो कम्पनीहरुको बीचमा नमुना कम्पनीकोरुपमा स्थापित हुने अभ्यास भईरहेको समेत बताए । प्रस्तुत भिडियोमा निर्देशक ढुंगानासँग कम्पनीको बित्तीय अवस्था, लगानी, प्रतिफललगायतका विषयमा कुराकानी गरिएको छ ।































प्रतिक्रिया