आज हरियो खुर्सानी प्रतिकेजी २ सय रुपैयाँ, रायोको साग १ सय ३० रुपैयाँ प्रतिकेजी

आज हरियो खुर्सानी प्रतिकेजी २ सय रुपैयाँ, रायोको साग १ सय ३० रुपैयाँ प्रतिकेजी

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बुधबारको लागि मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार आज मुडेको आलु प्रतिकेजी न्यूनतम ८० रुपैयाँ पुगेको छ भने सुकेको प्याज १०३ रुपैयाँ कायम रहेको छ ।

त्यस्तै, स्थानीय काउलीको मूल्य प्रतिकेजी १०० रुपैयाँ पुगेको छ भने रातो मूला ३० रुपैयाँ रहेको छ । गोलभेडा ठूलो १४०, लोकल गोलभेडा सानो ५५ रुपैयाँ रहेको छ । रायोको साग प्रतिकेजी १३० रुपैयाँ, बरेला १०० रुपैयाँ, कन्य च्याउ १३० रुपैयाँ, ब्रोकाउली १४० रुपैयाँ रहेको छ ।

आज हरियो खुर्सानीको भाउ प्रतिकेजी २०० रुपैयाँ रहेको छ भने, सुकेको खुर्सानी ४२० रुपैयाँ रहेको छ । फूजी स्याउ २६० रुपैयाँ कायम भएको छ । केराको मूल्य १५० पुगेको छ । अनारको मूल्य ३८० रुपैयाँ तोकिएको छ ।

Skip This
Skip This
Logo