जनकपुरका चार सय ४५ व्यवसायीलाई नापतौल इजाजत

जनकपुरका चार सय ४५ व्यवसायीलाई नापतौल इजाजत

केन्द्रबिन्दु
9
Shares

जनकपुरधाम । गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले गत आर्थिक वर्ष ०८०/८१मा चार सय ४५ उद्योग तथा व्यवसायीलाई व्यवसाय कारोवार गर्न नयाँ नापतौल सम्बन्धी इजाजतपत्र प्रदान गरेको छ ।

सो कार्यालयले दुई हजार तीन सय ६८ व्यवसायीको नापतौल यन्त्रको जाँचसमेत गरेको जनाएको छ । प्राप्त विवरणअनुसार तोकिएको मापदण्ड विपरीत ढक र तराजु प्रयोग गर्र्ने एक हजार सात सय १७ व्यापारीलाई कारबाही गरी जरिवानासमेत गरिएको कार्यालय प्रमुख मुकुन्द चौहानले बताए ।

धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली तथा रामेछापगरी कूल पाँच जिल्ला कार्यक्षेत्र रहेको सो कार्यालयले विभिन्न कारवाही, नापतौल यन्त्रको इजाजतपत्र प्रदान तथा नवीकरण बापत गत आर्थिक वर्षमा रु ४० लाख ६७ हजार दुई सय ४२ राजस्व सङ्कलन गरेको जनाएको छ ।

Logo