सुनको मूल्य स्थिर, चाँदीको घट्यो

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

केन्द्रबिन्दु
54
Shares

काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य तोलाको १ लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्यमा भने गिरावट आएको छ । शुक्रबार चाँदी तोलामा २५ रुपैयाँले घटेर प्रतितोला २ हजार ७० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Logo