युनिभर्सल पावरलाई किन पत्याएनन् लगानीकर्ताले ?

युनिभर्सल पावरलाई किन पत्याएनन् लगानीकर्ताले ?

केन्द्रबिन्दु
0
Shares

पछिल्लो समय लगानीकर्ताहरु आइपीओमा लगानी गर्न समेत हच्किएका छन्।  बिशेषत हाइड्रोको शेयरमा लगानी गर्न लगानीकर्ताहरु ‘पर्खेर र हेर्ने’ अबस्थामा पुगेका छन्।

त्यसको पछिल्लो उदाहरण हो युनिभर्सल पावर कम्पनीले निष्काशन गरेको आईपिओ। यो कम्पनीको आइपीओमा तेस्रो दिनसम्म करिब ५७ करोड रुपैयाको मात्रै आवेदन परेको छ । कम्पनीको आईपिओमा सोमबार कार्यालय समय भित्र ६१ हजार २ सय ७ आवेदकबाट ५७ लाख ८७ हजार ५ सय ४० कित्ताको लागि आवेदन परेको हो । यो कुल निष्काशनको ६६ प्रतिशत हो ।

कम्पनीको पूर्ववत सूचना अनुसार आइपीओ भर्ने आज अन्तिम दिन हो।  तर आवश्यक मात्रामा आवेदन नपरेपछि कम्पनीले आवेदन भर्ने म्याद थप गरेको छ।  जस अनुसार अब फागुन १ गते बुधबार पनि शेयर भर्न सकिने बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटलले जनाएको छ।  अब पुरै शेयर बिक्रि नभएसम्म आवेदन दिन सकिने र पुरै शेयर बिक्रि भएको भोली पल्ट मात्र आवेदन दिने अन्तिम दिन कायम हुनेछ।

कम्पनीले यस अघि नै ढिलोमा फागुन २९ गतेसम्म आवेदन दिन सकिने जनाएको थियो । यदी पुरै शेयर बिक्रि नभएको खण्डमा सो मितिसम्म शेयर निष्काशन खुला राख्न सकिने प्रावधान छ ।

यो कम्पनीको यस अघि स्थानीयको लागि बिक्रि खुला गर्दा पनि १७ लाख ६६ हजार १ सय ५० कित्ता शेयर बिक्रि भएको थिएन।  यो सहित थपेर  सर्वसाधारणलाई ९३ लाख २७ हजार ४ सय १० कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये १ लाख ८६ हजार ५ सय ४८ कित्ता शेयर कर्मचारीको लागि छुट्याइएको छ भने ४ लाख ६६ हजार ३ सय ७० कित्ता सामुहिक लगानी कोषको लागि रहेको छ । बाँकि रहेको ८६ लाख ७४ हजार ४ सय ९२ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

वेदकले न्युनतम ५० कित्ता देखि अधिकतम ५० लाख कित्ताको लागि आवेदन दिन सक्ने छन् । सम्पूर्ण आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर मार्फत अनलाइन पनि आवेदन दिन सकिने छ।

कम्पनीको अबस्था 

दोलखाको गौरीशंकर गाउँपालिकामा निर्माणाधीन यस आयोजनाबाट ३३ करोड बिद्युत बिक्री गर्ने कम्पनीको लक्ष्य लिएको छ। यस कम्पनीको नेतृत्वकर्ता सीडिईबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले  यस अघि नै लमजुङ्ग बिद्युत विकास कम्पनीबाट  स्याङ्गे जलबिद्युत आयोजना १८३ कि.वा., राधी जलबिद्युत कम्पनी लिमिटेड बाट ४.४ मे.वा. को राधी जलबिद्युत आयोजना र बुटवल पावर कम्पनीसंग मिलेर खुदी ४ मे.वा. को आयोजना निर्माण गरेको थियो ।

स्मरण होस् राधी जलबिद्युत कम्पनीलाइ सस्तो लागत र छिटो सम्पन्न गरि लाभांस बाड्ने कम्पनीको रुपमा लिईन्छ।  यही कम्पनीले लम्जुंगमा दोर्दी  १ जलविद्युत  आयोजना १२ मे.वा. र रुकुममा ५ मे.वा. को रुकुमगढ आयोजना बनाई रहेको छ ।

यूनिभर्सलले बनाई रहेको तल्लो खारे खोला आयोजनाको पेनस्टक पाइप तर्फ २ हजार २ सय मिटर जडान भइसकेको छ भने पावरहाउसको वाल तथा कोलमको ढलान कार्य अगाडि बढेको छ । आयोजनाबाट उत्पादनहुने बिजुली १३२ केभी  सिंगटी सबस्टेशनबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।

आयोजनाको लागत २ अर्ब ४ करोड रुपैया हुने अनुमान छ । कम्पनीले ०७६ साउनदेखि बिद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ।

Skip This
Skip This
Logo