आज एकै दिन २ हजारले बढ्यो सुन

आज एकै दिन २ हजारले बढ्यो सुन

केन्द्रबिन्दु
90
Shares

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६६ हजार ५ सय रुपैयाँ तोकेको छ ।

आज सुन प्रतितोला २ हजार रुपैयाँले बढेको हो । यसअघि बिहीबार सुन १ लाख ६४ हजार ५ सय रुपैयाँमा कारोवार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ । बिहीबार तोलामा १९ सय ६० रूपैयाँमा कारोवार भएको चाँदी आज २० रूपैयाँले बढेर १९ सय ८० रुपैयाँमा कारोवार भइरहेको छ ।

Logo