प्राइम कमर्सियल बैंकको डेपुटी जनरल म्यानेजरमा सुमितबाबु खत्री नियुक्त

प्राइम कमर्सियल बैंकको डेपुटी जनरल म्यानेजरमा सुमितबाबु खत्री नियुक्त

केन्द्रबिन्दु
93
Shares

काठमाडौँ । प्राइम कमर्सियल बैंकको डेपुटी जनरल म्यानेजरमा सुमितबाबु खत्री नियुक्त भएका छन् । सिटिजन्स बैंक इन्टरनेसलनमा सिनियर डेपुटी प्रमुख कार्यकारी अधिकृत रहेका खत्री प्राइममा कात्तिक २० गतेदेखि लागू हुने गरी डेपुटी जनरल म्यानेजरमा नियुक्त भएका हुन्।

एक महिनाअघि सिटिजन्स बैंकबाट बाहिरिएका खत्रीले सिटिजन्समा २ दशकबढी समय बिताएका थिए । करिब २४ वर्षको बैंकिङ अनुभव रहेका खत्रीले सिटिजन्स बैंकमा १९ वर्ष कर्जा विभागको विभिन्न पदमा रहेर काम गरेका थिए ।

खत्रीले संस्थागत तथा व्यावसायिक बैंकिङ युनिट, उपभोक्ता बैंकिङ युनिट, एसएमई युनिट तथा सहवित्तीयकरण र पूर्वाधार बैंकिङ युनिटको प्रमुखको जिम्मेवारी बहन गरेका थिए । खत्री मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सञ्चालक समिति अध्यक्षसमेत हुन् ।

Logo