काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता रकम उद्योगीले तिर्न अटेर गरेपछि प्राधिकरणको उठ्नु पर्ने बक्यौता रकम पनि कम उठ्न थालेको बताएका छन् ।
बुधबार पत्रकार सम्मेलन गर्दै घिसिङले यस्तो बताएको हुन् । ‘ठुला व्यवसायीले बक्यौता नबुझाउँदा उठ्नु पर्ने बक्यौता पनि उठ्न छाडेको छ, सर्वसाधारण पनि ठूलो बक्यौता उठाउनु होस् अनि हामीसँग माग्न आउनुहोस् भन्न थाली सक्नु भएको छ, यसरी महसुल नबुझाउँदा आम्दानी पनि प्राधिकरणको घट्दै गएको देखिन्छ,’ उनले भने ।
घिसिङका अनुसार प्राधिकरणले मासिक १०/११ अर्ब पठाउँदै आएको रकम अहिले करिव ८ अर्ब रुपैयाँमा सीमित रहेको छ ।





























प्रतिक्रिया