काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार, गोलभेडा ठूलो भारतीयको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ६० रुपैयाँ रहेको छ। यसैगरी आलु रातोको ७५, आलु सेतोको तीन रुपैयाँले घटेर ६०, लोकल बन्दाको ७०, काउली स्थानीयको १० रुपैयाँले बढेर १०० रुपैयाँ पुगेको छ ।
यसैगरी भन्टा डल्लोको मूल्य पनि १० रुपैयाँले बढेर ६० रुपैयाँ र भन्टा लाम्चो १० रुपैयाँले बढेर ४० रुपैयाँ कायम भएको छ । रायो सागको मूल्य भने १० रुपैयाँले घटेर ५० रुपैयाँ कायम भएको छ । तोरीको साग ६० ,पालुँगो साग ५० र चमसुरको साग १०० रुपैयाँ रहेको छ ।
त्यस्तै, लोकल गाजर १४० रुपैयाँ, तने बोडी १२० रुपैयाँ, मकै बोडी हिजोभन्दा २० रुपैयाँले बढेर ७० रुपैयाँ, मटरकोशा ३० रुपैयाँले बढेर १४० रुपैयाँ, राजमा घिउ सिमी १०० रुपैयाँ, लौका ६०, घिरौला ७० रुपैयाँ र लोकल परवर ६० रुपैयाँ रहेको छ ।
त्यस्तै, अनारको ४५० र मौसमको १५० रुपैयाँ, सुन्तला नेपाली ९०, केरा १५०, स्याउ फूजी २८० रहेको छ ।































प्रतिक्रिया