काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा जीवन बीमा कम्पनीहरूले नाफा बढाएका छन् । कम्पनीहरूको नाफा दोहोरो अंकले वृद्धि भएको छ ।
चालू आवको पहिलो तीन महिनामा कम्पनीहरूको १८.६२ प्रतिशतले नाफा बढाएका छन् । पहिलो तीन महिनामा कम्पनीहरूले १ अर्ब ९२ करोड ४१ लाख २१ हजार रुपैयाँ नाफा कमाएका छन् । तर, गत आवको सोही अवधिमा भने १ अर्ब ६२ करोड २० लाख ९९ हजार रुपैयाँ मात्रै नाफा कमाएका थिए ।
तर, चालू आवको पहिलो तीन महिनामा कम्पनीहरूले व्यापार भने शून्य दशमलव ६८ प्रतिशत मात्रै बढाएका छन् । गत वर्षको असोज मसान्तसम्ममा ४० अर्ब ८० करोड १६ लाख रुपैयाँ बराबरको व्यापार गरेका १४ कम्पनीहरूले यो वर्षको सोही अवधिमा आइपुग्दा ४१ अर्ब ८ करोड १ लाख २७ हजार रुपैयाँ बराबरको व्यापार गरेका छन् ।
यस अवधिमा सबैभन्दा धेरै नाफा कमाउनेमा हिमालयन लाइफ रहेको छ । कम्पनीले तीन महिनामै २५ करोड ३७ लाख कमाएको छ । दोस्रो स्थानमा रहेको नेपाल लाइफले तीन महिनामा २० करोड ५४ लाख कमाएको छ । तर, वृद्धिदरमा भने सिटिजन लाइफको पहिलो सूचीमा छ । कम्पनीको नाफा ८३.१५ प्रतिशत बढेर १३ करोड ९ लाख रुपैयाँ पुगेको छ । यस्तै, दोस्रो सूचीमा रहेको रिलायवल नेपालको पनि ४२.०७ प्रतिशत बढेर १९ करोड ९३ लाख कायम भएको छ ।
सर्वाधिक नाफा बढाउनेको तेस्रो स्थानमा रहेको एशियन लाइफले पनि १३ करोड २९ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत वर्षको पहिलो त्रैमासको तुलनामा ६६.९८ प्रतिशत धेरै हो । एलआइसी नेपालको नाफा ३५.४५ प्रतिशत, प्रभुको २५.७४ प्रतिशत, सानिमा रिलायन्सको १९.९३ प्रतिशत र आइएमई लाइफको ११.२१ प्रतिशत बढेको छ ।
नेशनल लाइफको नाफा ६.२४ प्रतिशत, मेट लाइफको ४.३, सूर्यज्योतिको २.५१ प्रतिशत र सन नेपालको ०.४९ प्रतिशत वृद्धि भएको छ । तर, राष्ट्रिय जीवन बीमा कम्पनीको नाफामा ९४ प्रतिशत घटेको छ ।





























प्रतिक्रिया