निर्माण सामग्रीहरुको अन्तराष्ट्रिय प्रर्दशनी ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रर्दशनी’ राजधानीको भृकुटीमण्डपमा शुरु भएको छ।
शुक्रबार सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले एक कार्यक्रमका बीच प्रर्दशनीको उद्घाटन गरेका हुन् । निर्माण सामग्रीहरुबारे एकैथलोमा विस्तृत जानकारी दिने उद्देश्यका साथ प्रर्दशनी आयोजना गरिएको प्रर्दशनीका संयोजक सृजल भट्टराईले जानकारी दिए । ३ दिनसम्म चल्ने प्रर्दशनीमा ७० वटा स्वदेशी र ७० वटा विदेशी कम्पनीहरुले स्टल राखेका छन ।
निर्माणसम्बन्धि नयाँ–नयाँ प्रविधिबारे प्रर्दशनीमा जानकारी लिने व्यवस्था पनि गरिएको छ । निःशुल्क प्रवेश गर्न पाउने प्रर्दशनीमा घर बनाईरहेकाहरुलाई आवश्यक ढोका, झ्याल, टवाईलेटका आवश्यक सामग्रीहरु विशेष छुटका साथ पाउने व्यवस्था पनि गरिएको संयोजक भट्टराईले बताए ।
पुनर्निर्माणको अभियानमा सघाउ पुर्याउन पनि उपयोगी हुने गरी आयोजना गरिएको प्रर्दशनीमा करिव ५० हजारले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।































प्रतिक्रिया