युनिभर्सल पावर कम्पनीले आज (माघ २५) गतेदेखि आईपिओ बिक्रि खुला गरेको छ।
कम्पनीले सर्वसाधारणलाई ९३ लाख २७ हजार ४ सय १० कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरेको हो । यस अघि कम्पनीले स्थानीयको लागि २१ लाख ३ सय ५० कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये १ लाख ८६ हजार ५ सय ४८ कित्ता शेयर कर्मचारीको लागि छुट्याइएको छ भने ४ लाख ६६ हजार ३ सय ७० कित्ता सामुहिक लगानी कोषको लागि रहेको छ । बाँकी रहेको ८६ लाख ७४ हजार ४ सय ९२ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।
आवेदन दिनको लागि छिटोमा माघ २९ गते र ढिलोमा फागुन २६ गतेसम्मको म्याद तोकिएको छ । आवेदकले न्युनतम ५० कित्तादेखि अधिकतम ५० लाख कित्ताको लागि आवेदन दिन सक्ने छन् । सम्पूर्ण आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर मार्फत अनलाइन पनि आवेदन दिन सकिने छ। कम्पनीको बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटल रहेको छ ।
कम्पनीको बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटल रहेको छ । कम्पनीका प्रबन्ध संचालक बिनय कुमार भण्डारीले कम्पनीको अबस्था राम्रो भएकाले ढुक्कले आइपीओ भर्न आग्रह गरेका छन्।
कम्पनीको आईपिओले ग्रेड ४ को रेटिंग पाएको छ । कम्पनीले दोलखामा ११ मेगावाट क्षमताको तल्लो खारेखोला आयोजना निर्माण गरिरहेको छ ।





























प्रतिक्रिया