काठमाडौँ । सरकारले गत आर्थिक वर्षमा सर्वाधिक कर तिर्ने १६ करदातालाई सम्मान गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत आर्थिक वर्षमा विभिन्न १६ विधामा सर्वाधिक कर तिर्ने कम्पनीलाई सम्मान गरेका हुन् ।
सरकारले विसं २०६९ सालदेखि कर दिवस मनाउँदै आएको छ ।
यी हुन् कर तिर्ने करदाता
सबैभन्दा बढी आयकर तिर्ने निकायतर्फः नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) निकाय
एकलौटी फर्मतर्फः सुर्ति ट्रेडर्स
सूचना प्रविधितर्फः कोडावतार टेक प्रालि
निर्यात कारोबारः डाबर नेपाल प्रालि
कृषि एवं पशुजन्यः पतञ्जली आयुर्वेद प्रालि
बैंक तथा वित्तीय संस्थाः नबिल बैंक लिमिटेड
स्वास्थ तथा शिक्षाः लुम्बिनी मेडिकल कलेज
पर्यटनः तारागाउँ रिजेन्सी
वस्तु व्यापारः भाटभटेनी सुपरमार्केट
मध्यस्तरीय करदाताः सिडियस एण्ड क्लियरिङ् लिमिटेड
ऊर्जाः भोटेकोसी पावर कम्पनी
रेमिटेन्सः सिटी एक्सप्रेस
व्यक्तिगत आयकरः राजबहादुर साह
मूअक समयमा तिर्नेमध्येः होङ्सी सिमेन्ट
५० करोड भन्दा धेरै कारोबार गर्नेमध्येः सोल्टी होटेल
विशेष उद्योगः वरुण वेभरेज प्रालि































प्रतिक्रिया