काठमाडौँ । लक्ष्मी सनराइज बैंकले नवौँ आमन्त्रण गल्फ प्रतियोगिता काठमाडौँको गोकर्ण रिसोर्टमा शनिबार सम्पन्न गरेको छ ।
‘स्विङ फर सस्टेनेबिलिटी’ विषयमा रही गरिएको उक्त प्रतियोगितले बैंकको शून्य कार्बन अवधारणा र हरित पहलहरूप्रतिको प्रतिबद्वतालाई जोड दिएको थियो ।
प्रतियोगितापूर्व यस प्रतियोगितामा हुने सम्भावित सम्पूर्ण कार्बन उत्सर्जनको अध्ययन गर्दा उक्त कार्यक्रममा १ टन कार्बन उत्सर्जन हुने र त्यसलाई परिपूर्ति गर्न ४५ वटा रूख वृक्षरोपण गरिनुपर्ने आकलन गरिएको थियो ।
यद्यपि बैंकले कुल १००० वटा रुख रोप्ने प्रतिबद्धता जनाएको छ । साथै हरेक सहभागीहरूलाई हरित तथा दिगो भविष्यका लागि आफ्नो व्यक्तिगत योगदान स्वरूप १–१ बिरुवा पनि प्रदान गरिएको थियो ।
एक दिने सो कार्यक्रममा १०७ गोल्फरहरूको सहभागिता रहेको थियो, जसमा ८ महिला प्रतियोगीहरू थिए । सहभागीहरूले ३४ ह्यान्डिक्यापको साथ १८ होल स्टेबलफोर्ड ढाँचामा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा विभिन्न क्षेत्रका कर्पोरेट लिडर, गोल्फ उत्साही तथा दिगोपनका अधिवक्ताहरूको उपस्थिति रहेको थियो ।
विजेताहरूलाई लक्ष्मी सनराइजका अध्यक्ष रमण नेपालले पुरस्कार प्रदान गर्नुका साथै बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे र क्लबका क्याप्टेन जोसेफ नाथनले सम्मान गर्दै सो प्रतियोगिताको दिगोपनप्रतिको प्रतिबद्वतालाई थप जोड दिएका थिए ।
यस वर्षको प्रतियोगिताले लक्ष्मी सनराइजको कर्पोरेट पहलहरूमा दिगोपनलाई एकीकृत गर्न नवीन दृष्टिकोणको उदाहरण दिन्छ । कार्बन फुटप्रिन्ट न्यूनीकरण र पर्यावरणमैत्री अभ्यासहरूलाई प्रोत्साहित गर्दै बैंकले आफ्नो गतिविधिहरूलाई ‘ओरेन्ज लब्ज ग्रिन’ अभियानसँग एकीकृत गरिरहेको छ र हरित बैंकिङमा आफूलाई अग्रणी रूपमा स्थापित गर्दै आएको छ ।
लक्ष्मी सनराइज बैंकले यस्ता विभिन्न खेलकुद, सामुदायिक संलग्नता तथा दिगोपनका पहलहरूले समाजमा कसरी सकारात्मक प्रभाव पार्न सकिन्छ भनेर प्रदर्शन गरिरहेको छ ।
प्रतियोगिताको हाइलाइट
- विजेता: आत्माराम सिम्खडा (४३ अंक)
- उपविजेता: आशिष लाल श्रेष्ठ (४२ अंक)
- उत्कृष्ट ग्रस: टाशी छिरिङ (३८ अंक)
- वरिष्ठ श्रेणी विजेता: तुलसी भट्ट (४० अंक)
- महिला विजेता: तारा कार्की चित्रकार (३५ अंक)
- महिला उपविजेता: सुमित्रा खड्का (३० अंक)
- सबैभन्दा लामो ड्राइभ: नोर्बु छिरिङ शेर्पा
- पिनको नजिक: अनिलकुमार सिन्हा





























प्रतिक्रिया