काठमाडौं । सागर ग्रुपले प्रिन्टरमा ल्याएको ‘एक्सचेन्ज अफर’ आज अर्थात् (मंसिर ५ गते)बाट सुरु भएको छ । उक्त ग्रुपले बिक्री गर्दै आएको जापनिज ब्रान्डको कोनिका मिनोल्टा ए३ प्रिन्टरमा एक्सचेन्ज अफर ल्याएको हो ।
यो अफरअन्तर्गत रहेर जुनसुकै ब्रान्डका पुराना प्रिन्टर ल्याई नयाँ प्रिन्टर लैजान सकिने बताइएको छ । पुराना प्रिन्टरको भ्यालुएसन गरेर नयाँ प्रिन्टर दिइने यो एक्सचेन्ज अफर मंसिर ७ गतेसम्म सञ्चालन हुनेछ ।
नेपाली बजारमा निकै लोकप्रिय कोनिका मिनोल्टा ए३ प्रिन्टर आधुनिक फिचरहरू समावेश भएकाले धेरैको रोजाइमा पर्दै आएको छ । प्रिन्टरहरू सागर ग्रुपको बलेयो स्टोर, कलंकीबाट एक्सचेन्ज गर्न सकिने बताइएको छ ।
प्रिन्टर एक्सचेन्ज गर्ने अवसर पारेर बलेयो स्टोरमा आउँदा गिफ्ट ह्याम्पर पनि पाइने सागर ग्रुपले बताएको छ । सीमित अवधिका लागि मात्र सञ्चालन हुने प्रिन्टर एक्सचेन्ज अफरबाट धेरै जना लाभान्वित हुने अपेक्षा सागर ग्रुपले लिएको छ ।
द्रुत गतिमा प्रिन्ट गर्न सकिने कोनिका मिनोल्टा ए३ को सञ्चालन लागत पनि कम रहेको सागर ग्रुपले जानकारी दिएको छ ।































प्रतिक्रिया