काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले आइइएलटिएस टेस्टको शुल्क भुक्तानी आइएमई पे मार्फत गर्न सकिने सुविधा सार्वजनिक गरेको छ ।
यस सुविधा मार्फत प्रयोगकर्ताहरूले आइएमई पे एप मार्फत आफ्नो आइइएलटिएस परीक्षा शुल्क सहजै भुक्तानी गरेर आफ्नो समय र मेहनत बचाउन सक्नेछन्।
प्रयोगकर्ताहरूले आइइएलटिएसको एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, आइइएलटिएस युकेभीआईको एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, लाइफ स्किल ए१–ए२, बी१ का निम्ति भुक्तानी आइएमई पे एप मार्फत गर्न सक्नेछन् ।
सीमित अवधिका लागि आइएमई पे एपबाट आइइएलटिएस टेस्टको शुल्क भुक्तानीमा फ्लाट रु १ हजार क्यासब्याक पनि प्राप्त गर्न सकिन्छ ।
‘हामी हाम्रा प्रयोगकर्ताहरूलाई यो नयाँ सेवा प्रदान गर्न पाउँदा उत्साहित छौँ ।’ आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले भने, ‘आइइएलटिएस शुल्क भुक्तानीका लागि सुविधाजनक र सुरक्षित प्लेटफर्म प्रदान गरेर हामीले प्रयोगकर्ताहरूलाई आफ्नो उद्देश्यहरू पूरा गर्न सशक्त बनाउने लक्ष्य राख्छौँ ।































प्रतिक्रिया