फागुन १७ देखि कञ्चनपुर पर्यटन महोत्सव आयोजना हुने

फागुन १७ देखि कञ्चनपुर पर्यटन महोत्सव आयोजना हुने

केन्द्रबिन्दु
0
Shares

महेन्द्रनगर । कञ्चनपुर उद्योग बाणिज्य संघले फागुनमा सुदूरपश्चि प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव आयोजना गर्ने भएको छ । संघको नव निर्वाचित कार्य समितिको पहिलो बैठकले फागुन १७ देखि २६ गतेसम्म महोत्सव आयोजना गर्ने निर्णय गरेको हो ।

बैठकले महोत्सव तयारीका लागि संघका पदाधिकारीहरुलाई विभिन्न समितिको जिम्मेवारी दिएको छ । संघका अध्यक्ष जंग बहादुर मल्लको संयोजकत्वमा १ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।

संघको महासचिव बासुदेब जोशीले कृषि, पर्यटन, व्यापार, संस्कृति प्रवद्र्धनका लागि विगतदेखि आयोजना गर्दै आएको महोत्सवलाई यस पटक निरन्तनरता दिएको बताए । ‘यो महोत्सव विगतदेखि आयोजना गर्दै आएको छ, यस पटक निरन्तरता दिइएको छ’ उनले भने ।

संघीय शासन व्यवस्थापछि संघले महोत्सवलाई प्रदेश स्तरीय बनाएको हो । महोत्सवमा सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक, साँस्कृति,कृषि, औद्योगिक उत्पादनलाई प्राथमिकताका साथ पप्रवद्र्धन गरिने महासचिव जोशीले बताए ।

संघले महोत्सवका लागि स्वागत तथा सत्कार, सुरक्षा व्यवस्थापन, स्टल बुकिङ्ग र प्रायोजक समिति, सचिवालय एवम् प्रचारप्रसार, साँस्कृतिक तथा बाल उद्यान समिति आर्थिक तथा महिला उद्यम समिति गठन गरेको छ । संघका निवर्तमान अध्यक्ष सुरेश रावललाई स्वागत तथा सत्कार समितिको संयोजक चयन गरिएको छ ।

यसै गरी संघका वरिष्ठ उपाध्यक्ष पिताम्बर जोशी सुरक्षा व्यवस्थापन, उद्योग उपाध्यक्ष हेमराज जोशी कृषि तथा पर्यटन प्रवद्र्धन समिति,
बाणिज्य उपाध्यक्ष मदनराज पन्त स्टल बुकिङ र प्रायोजक समिति, महासचिव बासुदेब जोशी सचिलाय एवंम प्रचारप्रसार समिति, सचिव गणेश चटौत साँस्कृतिक तथा बाल उद्यान समिति, कोषाध्यक्ष निर्मला भट्ट सापकोटालाई आर्थिक तथा महिला उद्यम समितिको संयोजकको
जिम्मेवारी दिइएको छ ।

संघले महोत्सव आयोजना गर्ने निर्णय  गरेपछि तयारी अघि बढाएको छ । ‘भीमदत्त नगरपालिकाबाट मञ्च लिई तयारी अघि बढाएका छौ’ महासचिव जोशीले भने, ‘त्यसैगरी प्रायोजक खोजी सुरु गरिएको छ ।’

तस्बिरः २०७४ सालमा आयोजित कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन गर्नुहुँदै प्रदेश ७ का प्रदेश प्रमुख मोहनराज मल्ल ।

Logo